अधिकृत वारेसनामा (Power of Attorney)

नेपाल सरकारका कुनै पनि कार्यालय, अड्डा, अदालत वा निकायमा पेश गरिने अख्तियारनामा (अधिकृत वारेसनामा) को कागजात प्रमाणीकरणका लागि निवेदन दिन आउँदा निवेदक स्वयं नै अनिवार्य रुपमा उपस्थित हुनुपर्ने छ।

अधिकृत वारेसनामा प्रमाणीकरणको लागि दस्तुर अमेरिकी डलर 2००/- (दुई सय अमेरिकी डलर मात्र) लाग्नेछ।उक्त रकम अमेरिकी डलरमा नगद ल्याउनु पर्नेछ।

अधिकृत वारेसनामाका लागि निम्न कागजातहरु पेश गर्नु पर्नेछ:

  • नेपाल बार काउन्सिलबाट लाइसेन्स (प्रमाणपत्र नम्बर समेत उल्लेख गर्नुपर्ने) प्राप्त कानून व्यवसायीद्वारा नेपाली कागजमा रीतपुर्वक तयार गरी सहिछाप भएको 2 प्रति अधिकृत वारेसनामा।
  • बिक्री वितरण वा नामसारी गर्न लागिएको घर जग्गाको लालपूर्जा वा अन्य कागजातको प्रतिलिपि।
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सक्कल राहदानी र अधिकृत वारेसनामा लिने व्यक्तिको नागरिकताको प्रमाणित प्रतिलिपि।
  • अधिकृत वारेसनामा लिने दिने दुवैको हालसालै खिचिएको तस्वीर २/ २ प्रति।
  • आवश्यकता अनुसार नाता प्रमाणित, मृत्यु दर्ता, हकवाला वा अन्य आवश्यक कागजात।
  • अधिकृत वारेसनामामा दुई जना साक्षीको नाम, ठेगाना र सहीछाप गरी उनीहरूको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने।