कन्सुलर प्रमाणीकरण (Consular Attestation)

व्यक्तिगत कागजपत्र प्रमाणीकरण सम्बन्धमा:

  • यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यक्तिगत प्रकृतिका कागजातहरुमा नेपालको सरकारी निकायबाट जारी भएका कागजातहरू नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट र रूसी महासंघ वा अन्य सहप्रमाणीकरण मूलूकका अख्तियार प्राप्त निकायबाट जारी भएका कागजातहरू तत् तत् मूलूकका परराष्ट्र मन्त्रालयबाट आवश्यक प्रमाणीकरण गर्नुपर्नेछ।
  • नेपालको नोटरी पव्लिकबाट प्रमाणित भएका कागजातहरु यस राजदूतावासवाट प्रमाणीकरण हुनेछैन।
  • निवेदन र कागजात ठिक भएमा/थप पुष्टि गर्न आवश्यक नदेखिएमा राजदूतावासबाट सोहि दिन यो सेवा पाइनेछ।
  • यस राजदूतावासले कागजात जारी गर्ने निकाय तथा अधिकारीको सहिछाप मात्र प्रमाणीकरण गर्नेछ, कागजातमा उल्लेखित विषयको प्रमाणीकरण हुनेछैन।
  • नेपाल सरकारबाट जारी भएका कागजातहरुको प्रमाणीकरण वा प्रमाणीकरण सम्बन्धी अन्य सेवाहरु सम्बन्धमा देहायका कागजातहरु पेश गर्नुपर्नेछः

(क) कागजात प्रमाणिकरण सम्बन्धी अनुरोध र संक्षिप्त व्यहोरा सहित निवेदन ।

(ख) प्रमाणिकरण गर्नुपर्ने कागजातको सक्कल तथा प्रतिलिपि १ प्रति।

(ग) निवेदकको राहदानीको सक्कल तथा प्रतिलिपि १ प्रति।

(घ) आवश्यक सेवा शुल्क (अमेरिकी डलरमा – नगद मात्र)।

  • प्रमाणीकरण दस्तुर: (नेपाल सरकारको मिति 2075/03/32 को निर्णयानुसार)
क्र.सं. कन्सुलर सेवा प्रमाणीकरण दस्तुर

(प्रति कागजात अमेरिकी डलरमा)

1 मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता वा यस्तै प्रकारका श्रम सम्बन्धी सेवाहरू, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/मृत्यू दर्ता/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र, सबै प्रकारका निवेदन, जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरू। 50
2 शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विद्यार्थीहरूलाई आवश्यक पर्ने विभिन्न कागजातहरू। 15
3 बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाईँसराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, एफिडेभिट, उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका अन्य कागजातहरू। 100