विद्युतीय राहदानीको (e-Passport) निमित्त आवेदन दिने तरिकाः

नेपाली राजदूतावास, मस्कोमा राहदानीका लागि आवेदन दिँदा निम्न प्रक्रिया अपनाउनु पर्दछ।

क. राहदानी बनाउन सिधै राजदूतावासमा उपस्थित भई आवश्यक प्रक्रिया अगाडी बढाउन सकिन्छ।

ख) पेश गरेको कागजात रुजू गरे पश्चात् राहदानीका लागि आवश्यक राजस्व दस्तुर दूतावासमा बुझाउनु पर्दछ।

ग) राजस्व बुझाए पछि फोटो, औँठाछाप तथा दस्तखत लिइन्छ र फारामलाई अन्तिम स्वीकृत गरिन्छ।

घ) राहदानी तयार भई दूतावासमा प्राप्त भए पश्चात् आवेदकलाई ईमेल/फोन मार्फत त्यसको जानकारी गराइने छ । जानकारी पाए पछि पुरानो राहदानी, नागरिकता/नाबालिग परिचयपत्रको सक्कल प्रति सहित उपस्थित हुनु पर्ने छ।

ङ) तपाइँको फाराम कुनै कारण बस रिजेक्ट भएमा त्यसको खबर तपाइँले पठाएको ईमेलमा प्राप्त हुन्छ। तपाइको राहदानी तयार भएको वा रिजेक्ट भएको जानकारी भएमा मात्र राजदूतावासमा सम्पर्क गर्नु होला ।

२. राहदानीको बनाउन आवेदन दिँदा आवश्यक कागजातः

राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा निम्न अनुसारका कागजात पेस गर्नु पर्दछ ।

क) हाल साथमा रहेको राहदानी

ख) नेपाली नागरिकताको प्रमाणपत्र

ग) राहदानी हराएको खण्डमा हराएको राहदानीको फोटोकपी

घ) नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचय पत्रको सक्कल प्रति र आमा-बाबु दुबैको नागरिकता प्रमाणपत्र तथा राहदानी,

५. ५ वर्ष मुनिका बालबालिकाको लागि आवेदन दिने सम्बन्धी विशेष व्यवस्थाः

५ वर्ष मुनिका बालबालिकाको लागि आवेदन दिँदा जैविक तथ्याङ्क (Biometric Data) अनिवार्य नभएकोले आवेदन दिँदा आवेदक स्वयं उपस्थित हुन अनिवार्य हुँदैन । आवेदक उपस्थित नभएको अवस्थामा माथि दिएको प्रक्रिया अनुसार फाराम भरी आवेदकको तस्विर मात्र पठाउनु पर्दछ। दूतावासमा उपस्थित भइ तस्विर खिच्नका लागि शान्तसँग बस्न सक्ने भएमा दूतावासमै उपस्थित भइ तस्विर खिच्न सकिन्छ, त्यस्तो अवस्थामा थप तस्विर आवश्यक पर्दैन।

६. अन्य आवश्यक कागजातहरू

क) नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र ।

ख) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा उल्लिखित थर मात्र कायम हुने छ ।

७. राहदानीका लागि लाग्ने राजस्व दस्तुर

क्र.सं.

सेवा

USD

रसियन रुबल

साधारण राहदानी e-Passport (३४ पृष्ठको - नयाँ/नवीकरण)

९०/-

८१००/-

साधारण राहदानी e-Passport (६६ पृष्ठको - नयाँ/नवीकरण)

१४५/-

१३०५०/-

१० वर्ष मुनिका नाबालकका लागि राहदानी शुल्क (नयाँ/नवीकरण)

४५/-

४०५०/-

राहदानी हराएर, बिग्रिएर वा चोरी भएर नयाँ बनाउनु परेमा।

१३५/-

१२१५०/-

एकतर्फी यात्रा अनुमति पत्र।

५०/-

४५००/-

राहदानी सम्बन्धी थप जानकारी लिनु परेमा सम्पर्क गर्ने

फोन नं. +7 499 252 82 15, +7 905 534 43 21