Consular attestation

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीकरण (attestation) गरिएका कागजातहरु यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएमा सोको लागि निम्नानुसार कागजात पेश गर्नुपर्नेछः

  • प्रमाणीकरण गर्नु पर्ने कागजातको नाम उल्लेख गरिएको निवेदन। निवेदन डाउनलोड गर्न क्लिक गर्नुहोस्।
  • नेपाली राहदानीको प्रतिलिपि एक प्रति ।
  • नेपाली नागरिकताको प्रतिलिपि एक प्रति।
  • प्रमाणीकरण गर्नुपर्ने हरेक कागजातको सक्कल तथा प्रतिलिपि।
  • रुस, बेलारुस, कजाखस्तान, मोल्डोभा अर्मेनिया तथा अजरबैजानमा बसोबास गरेको प्रमाण (Residency Proof) वा उल्लिखित देशहरूमा आवासीय भिसा (लामो वा छोटो अवधिको) प्राप्त गरेको प्रमाण।
  • प्रमाणीकरण बापत लाग्ने प्रत्येक कागज (प्रत्येक पानाको होइन) वापतको दस्तुर रुबल।

साथै, यस नियोगले प्रदान गर्ने विभिन्न कन्सुलर लगायतका सेवाहरु वापत मिति २०८२/०३/१७ गते तदअनुसार ०१ जुलाई २०२५ बाट लागू हुने गरी देहाय बमोजिम सेवा शुल्क कायम गरिएको बेहोरा सम्पूर्ण सेवाग्राहीको जानकारीका लागि अनुरोध गरिन्छ।

क्र.सं.

सेवाको विवरण

राजश्व दर (रूवल)

कैफियत

१.

१५ दिने भिसा

२७००/-

२.

३० दिने भिसा

४५००/-

३.

९० दिने भिसा

११२५०/-

४.

साधारण राहदानी e-Passport (३४ पृष्ठको - नयाँ/नवीकरण)

८१००/-

५.

साधारण राहदानी e-Passport (६६ पृष्ठको - नयाँ/नवीकरण)

१३०५०/-

६.

१० वर्ष मुनिका नाबालकका लागि राहदानी शुल्क (नयाँ/नवीकरण)

४०५०/-

७.

राहदानी हराएर, बिग्रिएर वा चोरी भएर नयाँ बनाउनु परेमा।

१२१५०/-

८.

एकतर्फी यात्रा अनुमति पत्र।

४५००/-

९.

गैर आवासीय नेपाली परिचय पत्र (नेपाली मूलका विदेशी नागरिक)

४६८००/-

१०.

गैर आवासीय नेपाली परिचय पत्र (विदेशमा रहेका नेपाली नागरिक)।

६३००/-

११.

अधिकृत वारेशनामा

(i) मुद्दा किटान नगरिएको।

३६०/-

(ii) तीन पुस्ता भित्रमा अचल सम्पत्तिको हक।

३६०/-

(iii) तीन पुस्ता वाहेक अरुलाई सम्पत्ति विक्री गर्ने वा हक छाडिदिने।

३६००/-

१२.

शैक्षिक प्रमाणपत्र प्रमाणीकरण एवं अध्ययन प्रयोजनका लागि आवश्यक पर्ने कागजात।

१३५०/-

१३.

मञ्जुरीनामा, रोजगार सम्झौता, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता र लाईसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म/मृत्यु/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र, TWIMC लगायत अन्य यस्तै कागजात प्रमाणीकरण।

४५००/-

१४.

प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, एफिडेभिट, बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण, उत्पत्तिको प्रमाणपत्र, बसाई सराई वा यस्तै प्रकृतिका कागजात प्रमाणीकरण।

९०००/-

१५.

१-२५ जनासम्मको मागपत्र प्रमाणिकरण।

२७०००/-

१६.

२६-१०० जनासम्मको मागपत्र प्रमाणिकरण।

३१५००/-

१७

१०१ जना वा सो भन्दा बढी मागपत्र प्रमाणिकरण।

३६०००/-

१८

मागपत्रसँग सम्बन्धित कागजात सच्याउन परेमा।

९०००/-