Consular attestation
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीकरण (attestation) गरिएका कागजातहरु यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएमा सोको लागि निम्नानुसार कागजात पेश गर्नुपर्नेछः
- प्रमाणीकरण गर्नु पर्ने कागजातको नाम उल्लेख गरिएको निवेदन। निवेदन डाउनलोड गर्न क्लिक गर्नुहोस्।
- नेपाली राहदानीको प्रतिलिपि एक प्रति ।
- नेपाली नागरिकताको प्रतिलिपि एक प्रति।
- प्रमाणीकरण गर्नुपर्ने हरेक कागजातको सक्कल तथा प्रतिलिपि।
- रुस, बेलारुस, कजाखस्तान, मोल्डोभा अर्मेनिया तथा अजरबैजानमा बसोबास गरेको प्रमाण (Residency Proof) वा उल्लिखित देशहरूमा आवासीय भिसा (लामो वा छोटो अवधिको) प्राप्त गरेको प्रमाण।
- प्रमाणीकरण बापत लाग्ने प्रत्येक कागज (प्रत्येक पानाको होइन) वापतको दस्तुर रुबल।