बडा दशैँको शुभकामना तथा हार्दिक निमन्त्रणा !

बडा दशैँको शुभकामना तथा हार्दिक निमन्त्रणा !

 

नेपालीहरूको महान् चाड बडा दशैँ २०७९ को शुभ अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, मस्को यहाँहरूको सुख, शान्ति, समृद्धि एवं सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
यस सुखद उपलक्ष्यमा राजदूतावासले विगतका वर्षहरूमा झैँ निम्न मिति, स्थान र समयमा टिका ग्रहण, शुभकामना आदान प्रदान तथा दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।उक्त अवसरमा रूसी महासंघ, बेलारूस, मोल्डोभा, कजाकस्तान, अजरवैजान र अर्मेनियामा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सपरिवार उपस्थितिका लागि नेपाली राजदूतावास, मस्कोका तर्फबाट हार्दिक निमन्त्रणा गर्नुका साथै उक्त कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक अभिलेखका लागि तल उल्लेखित रजिष्ट्रेशन लिङ्कमा मिति २०७९ असोज १६ गते भित्र आफ्नो यथार्थ विवरण भरी सहभागिता सुनिश्चित गर्नुहुन समेत अनुरोध गर्दछ।

तपशील:
कार्यक्रम: टिका ग्रहण, शुभकामना आदान प्रदान तथा दिवा भोज।
मिति: २०७९ असोज १९ गते बुधबार (5 October 2022, Wednesday)।
स्थान: नेपाली राजदूतावास (सभा हल) (2nd Neopalimovsky Pereulok 14/7, Moscow)।
समय: दिउँसो ०३:०० बजे देखि बेलुका ०७:०० बजे सम्म।
रजिष्ट्रेशन लिङ्क: https://forms.gle/SegQkt5QqPXSymaH9

नेपाली राजदूतावास, मस्को।
मिति: २०७९ असोज १० गते
(Date: 26 September 2022, Monday)

बडा दशैँ २०७९ को शुभकामना तथा हार्दिक निमन्त्रणा।