नेपाल सम्वत् ११४३, म्ह: पूजा, शुभ दीपावली तथा छठ पर्वको शुभकामना तथा हार्दिक निमन्त्रणा !

नेपाल सम्वत् ११४३ नयाँ वर्ष, नेपालको पारम्परिक म्ह: पूजा एवं शुभ दीपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, मस्को यहाँहरूको सुख, शान्ति, समृद्धि एवं सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
यस सुखद उपलक्ष्यमा गैर आवासीय नेपाली संघ, रसियाको विशेष अग्रसरता र आयोजनामा निम्न मिति, स्थान र समयमा म्ह: पूजा लगायत शुभकामना आदान प्रदान तथा रात्री भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।उक्त अवसरमा रूसी महासंघ, बेलारूस, मोल्डोभा, कजाकस्तान, अजरवैजान र अर्मेनियामा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सपरिवार उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
तपशील
कार्यक्रम: म्ह: पूजा लगायत शुभकामना आदान प्रदान तथा रात्री भोज।
मिति: २०७९ कार्तिक ९ गते बुधबार (26 October 2022, Wednesday)।
स्थान: नेपाली राजदूतावास (सभा हल) (2nd Neopalimovsky Pereulok 14/7, Moscow)।
समय:
०४:००-०४:३० – कार्यक्रम स्थलमा आइसक्ने।
०४:३०-०४:४५ – महामहिम राजदूतज्यूबाट “न्हूं दँया भिंतूना”।
०४:४५-०५:३० – म्ह: पूजा।
०५:३०-०६:३० – सगं: (सगुन)।
०६:३०-०७:०० – कौला: (जाकुस्का) र देउसी-भैलो।
०७:००-०८:०० – रात्री भोज।
०८:३० – कार्यक्रम समापन।

नेपाली राजदूतावास, मस्को।
मिति: २०७९ कार्तिक ३ गते बिहिबार
(Date: 20 October 2022, Thursday)